जलेश्वरमा बिना मास्क हिड्डुल गर्नेको घुंइचो, प्रहरी मौन (फोटो फिचर)


जलेश्वर : महोत्तरीमा आज मात्रै १० जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाले जिल्लामा एक जनाको मृत्यु समेत भइसकेको छ । तर सर्वसधारण कोरोना संक्रमणबाट जोगिन अझै सतर्कता अपनाएका छैन् ।

आज जलेश्वर बजारमा बिना मास्क सर्वसधारणको भिड जताततै देखिन्छ । दोस्रो सोमवार भएको कारण यहांका शिवालयमा श्रद्धालुको घुइचो लागेका छन् । तर अधिकांशले मास्क समेत लगाएको देखिएन । जसका कारण यहां कोरोना संक्रमण फैलिने जोखिम बढेपनि प्रशासन मौन बनेको छ ।

हेर्नुस् टुडे खोजका लागि सिबेन्द्र रोहिताले जलेश्वरमा कैद गरेका तस्विरहरु :

प्रकाशित : २०७७ श्रावण १२, सोमबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ