४३ वर्षीय पुरुषले झुण्डिएर क्वारेन्टाइनमै गरे आत्महत्या


काठमाडौं : बर्दियाको थाकुद्धार नरपालिका–४ का ४३ वर्षीय रामबहादुर साउदले क्वारेन्टाइनमा रहैकै बेलामा आत्महत्या गरेका छन् ।

साउदले नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी केही दिनअघि भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

साउदले क्वारेन्टाइनमै रहेका बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वसन्त रजौरेले जानकारी दिए । उनको मानसिक रुपमा अस्वस्थ रहेको जनाइएको छ । – रातोपाटी

प्रकाशित : २०७७ श्रावण १२, सोमबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ