जलेश्वरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जना पक्राउ


जनकपुरधाम : स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको लोहापट्टी नगरपालिका–१ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामईश्वर यादव शुक्रबार पक्राउ परेका हुन् । दुवैजना २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् ।

मोटरसाइकल समेत नियन्त्रणमा लिएकोछ। जलेश्वर नगरपालिका–२ जिरोमाइलमा नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

बरामद रकममध्ये एक हजारको १ हजार ६७५ वटा नोट र ५०० को ५५० वटा नोट रहेको डिएपसी विष्टले बताए ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ