सांसद प्रदिप यादवसंगै निजी सुरक्षाकर्मी र चालकमा पनि कोरोना संक्रमण


वीरगन्ज : जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भयो । यो कुरा सांसद यादवले फेसबुक मार्फत जानकारी गराएका थिए ।

पर्सा क्षेत्र १ बाट निर्वाचित सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकमा समेत संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ