सिरहा : दलित महिला विद्यालयको अध्यक्ष बनेपछि गैरदलित आन्दोलित !


संजय महरा/ सिरहा : मधेशमा जातीय भेदभावको कारणले सिरहा जिल्लाकाे मिर्चैया नगरपालिका ४ स्थित   प्रावि कुथनमाको ब्यवस्थापन समितिकाे अध्यक्ष दलित महिला बनेपछि स्थानीयले विरोध जनाएका छन्

समितिको अध्यक्षमा भवानी महरा चयन भएकी हुन् । उनी अध्यक्ष बनेपछि उच्च जातिका कहलाउने व्यक्तिहरुले नस्वीकार्ने भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

उक्त विद्यालयमा भने अधिकांश दलित समुदायकाे बालबालिका अध्ययनरत छन् । अभिभावकले नै महरालाई सर्वसम्मतिले अध्यक्ष बनाए । तर सो ठाउका अन्य जातीका व्यक्तिहरु उनलाई अध्यक्ष स्वीकार्न नसकिने बताएका छन् ।

दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाले जातिय विभेदकै कारणले गैरदलितले विद्यालयमा तालाबन्दी गर्नु जातीय विभेदको पराकाष्ठा भएको जनाएका छन् ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार ११:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ