वीरगन्जमा कोरोनाले आज सांझ फेरी एक महिलाको मृत्यु


वीरगन्ज : शनिबार वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले बताए ।
ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा.सिंहका अनुसार वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको थियो । ६८ वर्षीया ती वृद्धा गत साउन १४ मा वयोधा अस्पतालमा भर्ना भएको थिइन् ।

यसअघि शुक्रबार विहान १० बजेर १० मिनेटमा वयोधा अस्पतालमा उपाचारर्थ भर्ना भएकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । मृत्यु पछि शुक्रबार राति ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

साउनयता वीरगन्जमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ श्रावण १७, शनिबार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ