प्रदेश २ : दुई मोटरसाईकल आपसमा ठोेक्किँदा दुई जनाको मृत्यु


सर्लाही : सर्लाहीको लालबन्दीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

लालबन्दी नगरपालिका १७ मा शनिबार राति प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा लालबन्दी नगरपालिका ५ का ५० वर्षीय ब्रह्मदेव चौधरी र रौतहटको इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते दुबैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते युवाको भने परिचय खुलेको छैन । उनलाई थप उपचारको लागि राति नै जनकपुर लगिएको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ