विदेशबाट आज १८ शव ल्याइयो, १२ सय नेपाली आउँदै


काठमाडौ : कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन् ।

आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना नेपाली स्वदेश आएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ जना आएका छन् । उक्त विमानमा १४ जनाको शव पनि ल्याइएको छ ।

कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ जना नेपाली आएका छन् । उक्त विमानमा ४ वटा शव पनि ल्याइएको छ ।  दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२ जना नेपाली आउन लागेका छन् ।

युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना आउन लागेका प्राधिकरणले जनाएको छ । यस्तै कतार एयरको उडानमार्फत अमेरिका, युरोप र कतारमा रहेका १४० जना आउन लागेका छन् ।

थाहा खबर

प्रकाशित : २०७७ श्रावण १८, आईतवार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ