जनकपुरको माटो र चाँदीका इटा लिएर अयोध्या प्रस्थान गरे महन्थ दास


जनकपुरधाम : जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनकपुरको माटो र चाँदीका इटा लिएर भारतको अयोध्या प्रस्थान गरेका छन् ।

अयोध्यामा राम मन्दिर निर्माणका लागि भोली भुमिपुजन हुनेछ । सो भुमिपुजन कार्यक्रममा सहभागीताका लागि जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान गरेका हुन् । उनले भगवान राम मन्दिर निर्माणका लागि ५ वटा चाँदीका इटा र माटो हस्तान्तरण गर्ने बताएका छन् ।

महन्थ दासले सोमवार जटही नाकाबाट भारत प्रवेश गर्न खोजेका थिए । तर कोरोना महामारीका कारण सिमा सिल गरिएकाले उनलाई प्रवेश गर्न दिइएनन् । आज उनी प्रशासनको अनुमती लिएर जटही नाकाबाट भारत प्रवेश गर्न लागेका छन् ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ