महोत्तरीका १४ सेना र माछापुछ्रे बैंक जनकपुरका ३ कर्मचारीलाई समात्यो कोरोना


जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा १४ नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीमा कुल १५ संक्रमित थपिएका छन् । जसमध्ये जलेश्वरस्थित रणभिम गण प्रकौली ब्यारेकका १४ नेपाली सेनामा कोरोना पुष्टि भएको हो ।

सम्सी गाउँपालिका घर भएका प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक कर्मचारीसमेत संक्रमित भएका छन् ।

यस्तै धनुषामा १२ संक्रमित थपिएका छन् । जसमध्ये माछापुछ्रे बैंक जनकपुरका एक महिलासहित ३ जना कर्मचारीमा संक्रमण भएको छ। संक्रमितमध्ये एक जना जनस्वास्थ्य कार्यालयका कर्मचारी हुन् ।

यस्तै सप्तरीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सातै जना राजविराज नगरपालिकाका छन् । महोत्तरी र सिरहामा भने एक/एक जना संक्रमित थपिएका छन् ।

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ