सुन तोलाको एक लाख नाघ्यो, चाँदीको मुल्य पनि बढ्यो


काठमाडौं : सुनको भाउ एक लाख नाघेको छ । आज सुनको मुल्य तोलामा १६ सयले बढेर प्रति तोला एक लाख एक हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । यसअघि मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी आज पनि चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भइरहेको छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ