वीरगञ्ज कारागार प्रमुखलाई पनि समात्यो कोरोना


जनकपुरधाम : वीरगञ्ज कारागार प्रमुख श्रवण पोखरेलमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्राे पटक परीक्षण गराउँदा कारागार प्रमुख पोखरेलको रिपोर्ट पोजेटिभ आएको हो । प्रमुख पोखरेलले फेसबुक मार्फत आफूमा पनि संक्रमण देखिएको जानकारी गराएका छन् ।

उनले कोरोनाको हटस्पट वीरगञ्जमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले आफूलाई कोरोनाबाट जोगाउन नसकेको बताएका छन् ।

‘अहिलेसम्म कुनै लक्षण भने देखिएको छैन’, उनले भनेका छन्, ‘आजैबाट मैले आफूलाई अफिसमै आइसोलेसनमा राखेको जानकारी गराउँदछु ।’

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ