अस्पताल प्रशासनको लापरबाहीले डाक्टर र नर्समा कोरोना, छानविन हुनुपर्छ : नेता राउत


जनकपुरधाम : नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले प्रादेशिक अस्पताल प्रशासनको लापरबाहीले डाक्टर र नर्स कोरोना संक्रमित बनेको घटनाको छानविन गर्न माग गरेका छन् ।

कोरोना संक्रमित नर्सले अस्पताल प्रशासनले पिपिई समेत नदिएर कोरोना संक्रमितको उपचारमा दबाब दिएर खट्न लगाउँदा आफुहरु समेत संक्रमित भएको खुलासा गरेकी हुन् । नर्सहरुको भिडियो भाइरल भएपछि नेता राउतले घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।

‘अस्पताल प्रशासनको लापरबाहीले डाक्टर र नर्स गरी कुल २२ जना संक्रमित बनेको जानकारी पाएको छु’, नेता राउतले भने, ‘पिपिई, मास्क र ग्लोब्स उपलब्ध नगराएर शंकास्पद विरामीको उपचारमा नर्स र डाक्टरलाई खटाउनु अपराध हो । त्यसैले यस घटनाको निष्पक्ष छानविन हुनुपर्छ ।’

अस्पतालका आइसियु विभागका प्रमुख संजय यादब समेत सुरक्षा सामग्री उपलब्ध नगराई कामकाज गराउने गरेको भन्दै पदबाट राजीनामा दिएका छन् ।

https://todaykhoj.com/todaykhoj-special/16458
https://todaykhoj.com/todaykhoj-special/16472
प्रकाशित : २०७७ श्रावण २१, बुधबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ