प्रदेश २ : आन्तरिक मालिला तथा कानून मन्त्रालयका ८ कर्मचारीमा कारोना पुष्टि


जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार मन्त्रालयका १ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित महिला ४२ वर्षीकी छन् । यस्तै संक्रमित पुरुष कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समूहका रहेका छन् ।

संक्रमित कर्मचारीहरुको पद खुलाइएको छैन । उनीहरुको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रीपरिषदका ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । उनीहरु आइसोलेसनमा भर्ना भइसकेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ