मिर्चैया नगरपालिका : तीन जनामा कोरोना पुष्टि, भोलीदेखि लकडाउन गर्ने निर्णय


जयनाथ यादब/ सिरहा : सिरहाको मिर्चैया नगरपालिका ६ का ३ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरिएको छ ।

नगरपालिकामा आज बसेको आपतकालिन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो । भोली विहिवार विहान ६ बजेदेखि साउन ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको मिर्चैयाका मेयर श्रवण यादवले जानकारी दिए ।

मेयर यादबले लकडाउनको पालना गर्न नगरबासीसँग अनुरोध गरेका छन् । यस नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएपछि उच्च सतर्कता अपनाउनुको विकल्प नरहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ