अयोध्यामा राम मन्दिरको शिलान्यास : जनकपुरमा उत्सव, २५ सय दिप प्रज्वलन (फोटोफिचर)


जनकपुरधाम : भारतको अयोध्यामा आज राम मन्दिरको शिलान्यास भएपछि सितानगरी जनकपुरमा उत्सव मनाएको छ ।

जनकपुर भगवान रामको ससुराली हो । सोही कारण यहाँ राम मन्दिर निर्माण सुरु भएको अवसरमा उत्सव मनाइएको छ । जानकी मन्दिर र वरिपरि २५ सय दिप प्रज्वलन गरिएको सामाजिक अभियन्ता शुसिल कर्णले जानकारी दिए ।

जनकपुरका सर्वसधारणले समेत दिप प्रज्वलन गरी दिपावली मनाएका छन् । राम मन्दिर शिलान्यासको अवसरमा देशभर उत्सव तथा दिपावली गर्न विश्व हिन्दु परिषद् र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले अपिल गरेको थियो ।

राम मन्दिरमा जनकपुरकमा माटो र १/१ किलोको चाँदीका ५ वटा इटा समेत प्रयोग गरिनेछ ।

टुडे खोजका लागि सिबेन्द्र रोहिता र सुनिल साहले कैद गरेका केहि तस्विर :

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ