जनकपुर मेयरका छोरी, ज्वाइँ र पिएमा कोरोना, सबै आइसोलेसन भर्ना


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका छोरी, ज्वाइँ र पिएमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित तीनै जनालाई प्रदेश सरकारले निर्माण गरेको लक्षमिनिया गाउँपालिकास्थित सपही आइसोलेसन सेन्टरमा भर्ना गरिएको छ । छोरी-ज्वाइँ र स्वकीय सचिव (पिए) कोरोना संक्रमित भएपछि मेयर साह होम क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका पनि एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनी पनि आइसोलेसनमा भर्ना भएको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ