राजविराज : आइसोलेसनको खानामा किरा भेटेपछि तनाव, टेबुल कुर्सी तोडफोड !


राजविराज : खानामा किरा भेटिएको विषयमा विवाद सुरु भएपछि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह आईसोलेसनमा तनाव उत्पन्न भएको छ ।

संक्रमितहरुले आईसोलेसनमा भएका टेवुल तथा टेन्ट तोडफोड गरेका हुन् । किरा भएको खाना नखाने भन्दै आफुहरु भोक हड्तालमा वसेको कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका मुस्तकीम आलमले वताए । पटक–पटक गुनासो गर्दा पनि ब्यवस्थापनले वेवास्ता गरेपछि आक्रोसित युवाहरुले १र२ वटा टेवुल तोडफोन गरेको पनि उनको भनाई छ ।

‘हामीले खानाको विरोध गरेपछि झन समस्या थपियो’ उनले भने, ‘हामीसँग १० वर्ष मुनिका वालवालिका पनि छन्, पानी समेतको ब्यवस्था गरिएको छैन ।’

यता, तनाव उत्पन्न भएपछि आईसोलेसनमा रहेका स्वास्थ्यकर्मीलगायत सम्पुर्ण ब्यवस्थापकिय टोलीले आईसोलेसन स्थल छोडेको छ । उनीहरु अस्पताल पुगेका छन् ।स्वास्थ्यकर्मीहरुलाई दुब्यवहार गर्न थालेपछि उनीहरु भागेर अस्पताल आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले वताए ।

स्वास्थ्यकर्मीहरुले आईसोलेसन छोडेपछि नेपाली सेनाले उक्त आइसोलेसनको सुरक्षा गरिरहेको छ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ