वीरगञ्जको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यू


पर्सा : वीरगञ्जमा रहेको अस्थायी कोरोना विशेष अस्पतालमा एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । 

मधुमेह र मुटुका रोगी समेत रहेका उनी श्वास प्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको थियो । 

उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएपनि रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ