पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो


वीरगन्ज : वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । मधुमेह र मुटुरोगको समस्या भएका उनमा श्वासप्रश्वास समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएएको थियो ।

बुधबार उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित : २०७७ श्रावण २२, बिहीबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ