कर्जन्हा : नगरपालिकाले गर्न नसकेको काम समाजसेवी यादबले गरिदिए


सिरहा : कर्जन्हा नगरपालिका २ जुलेवी टोलमा रहेको कृषि सडकमा समाजसेवी जीतेन्द्र यादबले आफ्नो नीजि खर्चमा होमपाइप जडान गरेका छन् ।

स्थानीयले कृषि सडकमा होमपाइप जडान गरिदिन वडाध्यक्ष गणेश अधिकारीलाई पटक पटक आग्रह गरेका थिए । तर वडाध्यक्षले वास्ता गरेन । पछि समाजसेवी यादबलाई आग्रह गर्दा उनले होटपाइप जडान गरिदिएका हुन् ।

स्थानीय रमेश महतो भन्छन्, ‘बर्षेनी बर्षातका बेला पानीको बहाबले यो कृषि सडक भत्किन्थ्यो । जसले गर्दा आवतजावत गर्न निकै कठिन भइरहेको थियो । तर समाजसेवी यादबले होमपाइप जडान गरिदिएपछि अब आवतजावत गर्न समस्या हुने छैन ।’

समाजसेवी यादबले निजी खर्चमा होमपाइप जडान गरिदिएपछि स्थानीय खुःशी भएका छन् ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ