Breaking- जनकपुरमा अस्पतालको डाक्टर र रेडक्रसको लापरबाहीले एक महिलाको मृत्यू


कुलदिप दास / सिबेन्द्र रोहिता

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी हस्पिटलमा डाक्टर र रेडक्रसको लापरबाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यू भएको छ ।

फरक ब्लड गु्रप चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको आज विहान मृत्यू भएको हो । अप्रेश्न गरेर प्रसुती गराएपछि ति महिलाको स्वास्थ्य अवस्था बिग्रेको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफ्न्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याए । रेडक्रसले अर्कै गु्रपको ब्लड दिए र डाक्टरले पनि त्यही ब्लड चढाएपछि उनको मृत्यू भएको बुझिएको छ ।

मृतकका आफ्न्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरबाही देखिएको बताएका छन् । उनले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । अहिले अस्पतालका डाक्टरहरु फरार भएका छन् ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ