रेशम चौधरी वीर अस्पताल भर्ना, मुटुमा समस्या


काठमाडौं : सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन् ।

डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको हो । सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद हुन् ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेसम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए । पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ