धनुषाका एक युवक मलेसियामा झुण्डिएर आत्महत्या गरे, परिवार शोकमा डुब्यो


जनकपुरधाम : धनुषाका एक युवक मलेसियामा झुण्डिएर आत्महत्या गरेका छन् ।

बटेश्वर गाउँपालिका २ का ३० वर्षीय दुखरण महतोले मेसियामा आत्महत्या गरेका हुन् । उनी मलेसियाको जाहोरस्थित एक कम्पनीमा कार्यरत्त थिए ।

विहिवार राति शौचालयमा झुण्डिएको देखेपछि उनका साथीहरु अस्पताल लग्दै गर्दा बाटोमै मृत्यू भएको बताइएको छ । उनी आत्महत्या किन गरेको विषयमा केहि खुल्न सकेका छैन ।

तीन वर्ष अगाडी दुखरण वैदेशिक रोजगारीका लागि मेसिया गएका थिए । आत्महत्याको खबर थाहा पाएपछि बटेश्वरमा उनका परिवार शोकमा डुबेका छन् ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ