प्रदेश २ : पर्साका ४५ प्रहरीसहित १७९ कोरोना संक्रमित थपिए, जनकपुरका ७ जना


सन्तोष यादब/ जनकपुरधाम : प्रदेश २ मा आज ३१ महिलासहित १७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ५१४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी पर्सामा १३३ जनामा कोराना पुष्टि भएको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालय वीरगन्जका ४५ जना छन् । यस्तै वीरगन्ज महानगरपालिकाका ४२ जना र वीरगन्जकै सिरिसिया टोलका मात्रै २७ जना छन् ।

वीरगन्ज चिनी मिलका २ महिला र २ पुरुष कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । यस्तै वीरगन्ज कारागारमा थप २ जना संक्रमित थपिएका छन् । नेसनल मेडिकल कलेज वीरगन्जका ३० वर्षीय पुरुष, श्रीपुर आर्मी व्यारेकका ५ जना र भेटनरी अस्पताल वीरगन्जका समेत १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सप्तरीमा १८ जना, धनुषामा १० जना, सर्लाहीमा ९ जना, बारामा ५ जना, रौतहटमा ४ जना र सप्तरीमा १ जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका १० जनामध्ये ७ जना जनकपुरधाम उपमहानगरपालिकाकै छन् ।

प्रदेश २ का विभिन्न आइसोलेसनबाट ४९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयका बरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । उनका अनुसार निको भएकामध्ये ९ जना महिला छन् ।

प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या २५ पुगेको छ । जसमध्ये ५ महिला छन् । सबभन्दा बढी पर्सामा कोरोनाले १६ जनाको मृत्यू भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ