तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


जनकपुरधाम : फेरि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल नजिक आउने भएको छ । १ साता नेपालबाट दक्षिणतिर रहेको रहेको न्यूनचापीय रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा उत्तरतर्फ सरिरहेकाले शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुनेक्रम बढ्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार विशेष गरी प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा वर्षा हुने सम्भावना छ । 

यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै नेपालमा देखिन थालेको छ । महाशाखाका अनुसार आगामी ३ दिन देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमदेखि ठूलो वर्षा हुनेछ ।

भारी वर्षा हुने स्थानका नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/ पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ