कार दुर्घटना हुँदा तीन जनाको मृत्यू, एकको अवस्था गम्भीर


कपिलवस्तु : रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनाामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका २८ वर्षीय देवेन्द्र चौधरी, आमेसतिया गाउँपालिकाका २७ वर्षीय नौसाव दर्जी र पश्चिम नवलपरासीका १२ वर्षीका प्रदिप ठाकुर रहेका जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका सिद्धार्थनगरका ३४ वर्षीय अनिल यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो । कार सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ