Breaking- ढल्केबर विद्युत ग्रिड शाखा प्रमुख १ करोड २४ लाखकाे चेकसहित पक्राउ


काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका-९ बाट आज पक्राउ गरेको छ ।

उनी भुक्तानीका लागि आवश्यक कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन पहिल्यै चेक काटेर लिई हिँडेका आयोगले जनाएको छ। पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक नवौं तहका कर्मचारी हुन् ।

प्रक्रिया नै नपुर्‍याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ