शहिदनगर : जहाँ कोरोनाले व्यापारीको मृत्यू भयो, त्यही यस्तो भिडभाड (हेर्नुस् १० फोटो)


जनकपुरधाम : धनुषाको शहिदनगरमा एक कोरोना संक्रमितको मृत्यू समेत भइसकेको छ । आज पनि कोरोनाको लक्षण देखिएका सोही ठाउँका काँग्रेस नेता पल्टु बनरैत यादबको पनि मृत्यू भयो । तर स्थानीय तहको लापरबाहीले यहाँ कोरोनाको जोखिम झन बढेको छ ।

शहिदनगरको मुख्य बजार यदुकोहा आज लागेको तरकारी बजारमा सर्वसधारणको अत्यधिक भिड लागेका छन् । बजारमा किनमेल गर्न आएका मध्ये अधिकांशले मास्क समेत लगाएका छैन । सामाजिक दुरीको त कुरै नगरे हुन्छ । प्रहरी प्रशासन र नगरपालिकाले भिड नियन्त्रण गर्ने प्रयास समेत नगर्दा यहाँ कोरोना फैलिने जोखिम बढेको स्थानीय बुद्धिजिवी बताउँछन् ।

हेर्नुस् भिडभाडको केहि तस्विर :

प्रकाशित : २०७७ श्रावण २५, आईतवार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ