सप्तरीमा पनि निषेधाज्ञाको समय एकहप्ता बढायो


सप्तरी : कोरोना संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा लगाइएको निषेधाज्ञाको अवधि पुनःएक साताका लागि बढाइएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनःएक साताका लागि थप गरेको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा कोभिड-१९ संक्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । रासस

प्रकाशित : २०७७ श्रावण २५, आईतवार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ