घुस लिएको रकम र बैंक भौचरसहित इन्जिनियर साह अख्तियारको फन्दामा


जनकपुरधाम : नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साहलाई घुस रकमसहित पक्राउ परेका छन् ।

प्रमुख साहलाई दुई लाख ३३ हजार ५ सय नगद र बैंकमा जम्मा गरेको ८ लाख २२ हजारको भौचरसहित पक्राउ परेका हुन् । आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा उनलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ