जनकपुरधाम : क्यान्सर सेन्टर गार्डको मृत्यू कोरोनाले भएको पुष्टि


जनकपुरधाम : जनकपुरस्थित विनय तारा फाउन्डेशन क्यान्सर सेन्टरका गार्ड विन्देश्वर मण्डलको मृत्यू कोरोनाकै कारण भएको पुष्टि गरिएको छ ।

धनुषा मिथिला विहारीका ४७ वर्षिय मण्डलको शनिवार राति मृत्यू भएको थियो । रुघाखोकी पहिलेदेखि लागेको र अचानक सास फेर्न गाहे भएपछि अस्पताल लग्ने क्रममा उनको मृत्यू भयो । उनमा कोरोनाको लक्षण देखिएपछि कोरोनाको आशंका पश्चात स्याब संकलन गरियो ।

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । मृतकका परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ