२४ घण्टामै ३३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको ज्यान गयो


काठमाण्डौ : नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ । ६ हजार सात सय ३८ जना अहिले देशका विभन्न ठाउँका आइसोलेशनमा छन् ।

यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा छन् । गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या जना पुगेको छ ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ