जनकपुरको बारह्विघा मैदानबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित यादब पक्राउ


जनकपुरधाम : जनकपुरको बारह्विघा मैदानबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का २१ बर्षिय सुजित यादब छन् ।

पक्राउ परेका यादब हातहतियार वेचविखनको लागि आएको गोप्य सुचना प्रहरीले पाएका थिए । तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खेटेको टोलीले उनी चढेको ज १ ह ३१९२ नम्बरको ट्याम्पोलाई पछ्याए ।

ट्याम्पो नियन्त्रणमा लिएर चेकजाँच गर्दा एक थान अटोमेटिक पेस्तोल र सो पेस्तोलमा लाग्ने एक थान म्याग्जिन फेला परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका ति युवक प्लाष्टिकको कालो झोलाभित्र राखेको चिनीमा पेस्तोल लुकाएर राखेका थिए ।

पक्राउ परेपछि उनीलाई प्रहरीले हिरासतमा राखेको छ । उनीमाथि अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ