जनकपुरका पूर्वमेयरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त, भन्यो– पार्टीलाई अपूरणीय क्षति


काठमाडौं : नेपाली कांग्रेसले धनुषाका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी एवम्‌ पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज बिहीबार विज्ञप्ती जारी गर्दै गिरीको निधनप्रति पार्टीको तर्फबाट दुस्ख व्यक्त गरेका हुन् । गिरीको साउन २७ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

गिरी जनकपुर नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

‘स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

कांग्रेसले गिरीको परिवारजनमा समवेदना पनि प्रकट गरेको छ ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ