आज फेरी बढ्यो सुन-चाँदीको भाउ


काठमाडौं : बुधबार ६ हजार २ सयले घटेको सुनको भाउ आज तोलामा २ हजार ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेका अनुसार आज प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन हिजो ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ