पूर्व-पश्चिम राजमार्गमा ट्रक र अटो ठोक्किँदा दुई जनाको ज्यान गयो


हेटौंडा : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको तीनताप्केमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई हेटौंडाको चुरेहिलमा उपचारको लागि ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटो आपसमा ठोक्किएको थियो ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ