धनुषामा काँग्रेसको कामकारवाही स्थगित ! तीन दिनसम्म शोक मनाउने


जनकपुरधाम : जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट निधनप्रति नेपाली काँग्रेस धनुषाले गहिरो दुःख व्यक्त गरेको छ ।

काँग्रेसमा ठूलो योगदान गरेका गिरीको निधन भएकाले तीन दिनसम्म शोक मनाउने निर्णय गरिएको छ । पार्टी सभापति महेश शंकर गिरीले एक विज्ञप्तरी जारी गरेर पार्टी कार्यालयमा शोक पुस्तिका राखि ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र शोक मनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

गिरीको निधनले नेपाली काँग्रेस धनुषाले एक कुशल संगठनकर्ता एवं अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । कोरोना पुष्टि भएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका ७३ वर्षीय गिरीको मंगलबार राती निधन भएको थियो ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ