प्रचण्डका घरबेटीका कारण किसानले पाएनन् रासायनिक मल


काठमाडौं : रासायनिक मल आपूर्तिको जिम्मा पाएका कम्पनीहरूका ढिलाइका कारण किसानले मल पाउन सकेका छैनन् ।

सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन युरिया मल आयात गर्न गत वैशाख १५ मा आपूर्तिकर्तासँग सम्झौता गरे पनि अझै आइपुगेको छैन ।

कम्पनीले सैलुङ ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालित सैलुङ इन्टरप्राइजेजलाई २५ हजार टन युरिया आपूर्तिको जिम्मा दिएको थियो । सोही दिन होनिको मल्टिपलले पनि २५ हजार टन मल आपूर्तिको ठेक्का पाएको थियो ।

ठेक्का पाएको १ सय १७ दिनभित्र ल्याइसक्नुपर्ने सम्झौता भए पनि अझैं टुंगो छैन । सैलुङ ग्रुप अफ कम्पनीका अध्यक्ष शारदाप्रसाद अधिकारी हुन् । उनी सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन् ।

सैलुङ गु्रपअन्तर्गतको सैलुङ कन्स्ट्रक्सन निर्माण क्षेत्रमा ‘बदनामी’ कमाएको कम्पनी हो । जसले सडकदेखि पुल निर्माणको ठेक्का लिने तर बीचमै अलपत्र छाड्ने गरेको छ ।

  • आयोमेल
प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ