प्रदेश २ : अनुदानको मल कालोबजारी गर्ने साहद्वय प्रहरी फन्दामा


बारा : अनुदानको मल कालोबजारी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १७ का ३४ बर्षिय मुरारी साह तेली र वडा नम्बर १ का धनन्जय प्रसाद साह छन् ।

मुरारी कलैयास्थित कुशवाहा बिज भण्डारका संचालक र धनन्जय श्री आसकामिनि माई कृषि सहकारी संस्थाका कर्मचारी रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनी दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि कालोबजारी गरेपछि पक्राउ परेका हुन् ।

सहकारीको गोदामबाट साल्ट ट्रेडिङ्ग वीरगंजबाट खरिद गरेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले कानून बमोजिम कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ