क्‍वारेन्टाइनका लागि होटल दिन प्रदेश २ का सबै व्यवसायी तयार


सर्लाही : प्रदेश २ का आठवटै जिल्लाका होटल व्यवसायीहरुले क्वारेन्टाइनका लागि आ–आफ्ना होटल दिन राजी भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को भर्चुअल बैठकमा प्रदेशभरका व्यवसायीहरु नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागि होटल दिन सहमत भएका हुन् । बैठकमा सहभागी महासंघका प्रदेश कोषाध्यक्ष एवं नमस्ते होटल लालबन्दीका सञ्चालक वैकुण्ठ सापकोटाले जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले क्वारेन्टाइन राख्न होटलको माग गरे उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

विभिन्न देशबाट उद्धार गरेर काठमाडौं ल्याइएकालाई राख्न सरकारले त्यहाँका होटललाई बुझाएको शुल्कलाई नै आधार मानेर यस प्रदेशका होटल पनि उपलब्ध गराउने प्रदेशभरका होटल व्यवसायीहरुको बैठकबाट निर्णय गरिएको हो ।

भर्चुअल बैठकमा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, धनुषा सिरहा र सप्तरीका अगुवा होटल व्यवसायी सहभागी भएका थिए । कोरोना कहर सुरु भएपछि भारतसँग सीमा जोडिएको प्रदेश २ मा अन्य व्यवसायसँगै होटल तथा पर्यटन क्षेत्र पनि प्रभावित भइरहेको छ ।

अहिले जिल्लागत रुपमा र पालिकाहरुमा निषेधाज्ञा जारी भएपछि होटल व्यवसायी मारमा परेका छन् । बजार बन्द रहेको र सवारी आवागमन पातलो रहेकाले यहाँका होटलहरु अहिले बन्द छन् ।

  • थाहा खबर
प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ