महोत्तरीमा सर्पदंश आतंक : एउटै वडाका १६ जनालाई टोक्यो


सुरेन्द्र सिंह/ महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडाका १६ जनालाई विषालु सर्पले टोकेको छ । भंगहा नगरपालिका ५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो ।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर सञ्‍जीव साहले जानकारी दिए । घरमै हुँदासमेत सर्पले टोक्ने गरेको, तर सर्प कसैले नदेखेको उनको भनाई छ ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन् । सर्पले टोकेका घाइतेहरूलाई महोत्तरीको बर्दीबासस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको छ ।

यसअघि बिहीबार दिउँसो सोही टोलमा विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धान खेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ