धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पजियारमा कोरोना पुष्टि


जनकपुरधाम : धनुषाका एक मेयरमा समेत कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारमा कोरोना पुष्टि भएको हो ।

मेयर पजियारको स्याब शुक्रवार संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पठाइएको थियो । पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

मेयर पजियार अहिले घरकै आइसोलेसनमा बसिरहेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार मेयरमा भने कोरोनाको लक्षण देखा परेका छैन ।

यस्तै क्षिरेश्वरनाथ नगरपालिका ५ की एक ४८ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ