महोत्तरीको एक वडाअध्यक्षलाई समात्यो कोरोना, वडाबासी त्रसित


महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष अशोक महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षणमा शनिबार आएको रिपोर्टमा महतोमा संक्रमण पुष्टि भएको उनले बताए ।

वडा अध्यक्ष महतोसहित भंगहा नगरपालिकाका थप ४ जनामा शनिबार कोरोना पुष्टि भएका भंगहा नगरपालिकाका नगर प्रमुख संजीव साहले बताए । वडा अध्यक्ष महतोले आफु सचेत रहँदापनि संक्रमित भएपछि वडावासीहरुलाई थप सावधानी अपनाउन आग्रह गरे ।

वडाबासी भने त्रसित बनेका छन् ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार २२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ