प्रदेश २ : धारिलो हतियार प्रहार गरी दलित युवकको हत्या, खेतमा भेट्यो लाश


जनकपुरधाम : रौतहटको गरुडानगर्पालिका ८ मा एक दलित युवकको हत्या भएको छ । स्थानीय १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको हो ।

उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव (लाश) फेला पारेका छन् । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ