सोमवारबाट धनुषा जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी


जनकपुरधाम : यसअघि जनकपुरधाममा मात्रै रहेको निषेधाज्ञालाई धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर विस्तार गरेको छ ।

आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए ।

यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र दोस्रो पटक २६ साउनदेखि ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ