प्रदेश २ का मन्त्री यादब कोरानामुक्त, भन्छन्- तातो दुधमा बेसार मिलाएर पिउँथे


जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोनालाई जितेका छन् । कोरोना संक्रमित भएको १५ दिनपछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्त्री यादवमा गत साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएको केहिदिन अघिमात्र उनी काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासँगै बैठक बसेका थिए । जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीको समेत पीसीआर परीक्षण गराएको थियो ।

कोरोनामुक्त भएका मन्त्री यादवले भोली ९बिहीबार० देखि मन्त्रालयको टेबलवर्क सुरु गर्ने बताए । उनले भने, ‘अहिले थेरै कामको चाप छ, त्यसैले काममा फर्किन्छु। तर उच्च सतर्कता अपनाउँछु ।’

यसो भन्छन् मन्त्री यादव :

म संक्रमित भएपनि लक्षण कुनै थिएन। काठमाडौंबाट आएपछि मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भयो। त्यसपछि सबैले परीक्षण गराउन जरुरी छ भनेर मैले पनि गराएँ । मेरो रिपोर्ट पनि पोजेटिभ आयो ।

कोरोनाले समातेको थाहा पाएपछि होम आइसोलेसनमा बसेँ। आइसोलेसनमा ‘डब्लुएचओ’को मापदण्ड पालना गरेँ। स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार अनुशासित भएर आइसोलेसनमा १५ दिन बिताएँ । साँझ, बिहान र दिउँसो पौष्टिक आहार खाएँ ।

तातो दुधमा बेसार मिलाएर पिउँथे ।​ साँझ र विहान करिब डेढरडेढ घण्टा व्यायाम पनि गरे । साथै तातो पानीको वाफ पनि लिन्थेँ । यसरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार सबै काम गरेकाले मलाई कहिल्यै कमजोरी महसुस भएन। झन ताकत बढ्दै गएको महसुस भयो ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १४:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ