प्रदेश २ मा शुक्रवार थपिए २६५ कोरोना संक्रमित (हेर्नुस् पुरा विवरण)


जनकपुरधाम : प्रदेश २ मा २६५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ३२८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी पर्सामा ७९ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै सर्लाहीमा ५०, बारामा ३८, धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, रौतहटमा १२ र सप्तरीमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश २ का ५ जनाको मृत्यू कोरोनाकै कारण भएको छ । मृत्यू हुनेहरुमा पर्साको वीरगंजमा ४८ वर्षीय र ७४ वर्षीय दुई पुरुष, बाराको कलैयामा ५९ वर्षीय पुरुष, धनुषाको नगराईन नगरपालिका ३ का ५० वर्षीय पुरुष र सर्लाहीको मलङ्गवा नगरपालिका ९ का ४० वर्षीय पुरुष रहेका छन् ।

हेर्नुस् कहाँ कति जना संक्रमित भेटिए :

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ