जनकपुरको नेपाल बैंक, रेडक्रस र मालपोतका कर्मचारीमा पनि कोरोना पुष्टि


सिबेन्द्र रोहिता/ जनकपुरधाम : पछिल्लो २४ घण्टामा धनुषामा २९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै धनुषामा कोरोना संक्रमितको संख्या १ हजार २१० पुगेको हो ।

शुक्रवार थपिएका संक्रमितमध्ये १७ जना जनकपुरधामकै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । साथै मालपोत कार्यालयका १ जना, रेडक्रस सोसाइटीका १ जना र नेपाल बैंक लिमिटेडका १ जनामा समेत कोरोना पुष्टि भएको छ ।

धनुषामा होम आइसोलेसनमा १५ जना छन् भने सरकारी आइसोलेसनमा ७३ जना रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । पिसिआर परीक्षणका लागि संकलन गरिएको स्याब मध्ये १२ सय १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

धनुषामा हालसम्म १० जनाको मृत्यू भइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ