सिरहामा मृत्यु भएका वृद्धमा पनि कोरोना संक्रमण पुष्टि


जनकपुरधाम : सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ देखिएको हो । ती पुरुषको २ भदौमा गाउँमै स्वाब संकलन गरिएको थियो ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी रहेका स्वास्थ्य कार्यालयका प्रमुख  यादवले जानकारी दिए । उनका अनुसार स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको ३ भदौमा मृत्यु भएको थियो ।

योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ